सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

समाचार लेखेको विषयमा पत्रकार धामी बिरुद्ध साईबर मुद्दा  प्रेस काउन्सिल हुँदाहुँदै प्रहरीमा मुद्दा दिनु दुखत विषय : पत्रकार महासंघ 

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ बैशाख १२, शनिबार ५:३३
in Breaking (With Image), समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
समाचार लेखेको विषयमा पत्रकार धामी बिरुद्ध साईबर मुद्दा   प्रेस काउन्सिल हुँदाहुँदै प्रहरीमा मुद्दा दिनु दुखत विषय : पत्रकार महासंघ 

केशव थापा 

कञ्चनपुर । समाचार लेखेकै विषयमा कञ्चनपुरका एक पत्रकार बिरुद्ध जनप्रतिनिधीले उजुरी दिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सुशासन सम्बन्धीका समाचार लेखेकै आधारमा पत्रकार बासुदेव धामी(विमल) रिुबद्धमा बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले उजुरी दिएपछि पत्रकार महासंघले आपत्ति जनाएको हो ।

पत्रकार महासंघ कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्र्दै महासंघका साधारण सदस्य समेत रहेका पत्रकार धामी विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको विषयप्रति महासंघ शाखा कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार लेखेको बिषयमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्युतीय कारोबार कसुर अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गर्नु दुःखद विषय भएको महासंघको ठहर छ।

‘कुनै पनि समाचारप्रति असन्तुष्टि, आपत्ति वा समस्या भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट कानुनी व्यवस्था विद्यमान छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘पछिल्ला वर्षहरूमा प्रेस सम्बन्धी विषयहरू प्रेस काउन्सिल नेपालमार्फत नै नियमन, कारवाही तथा जरिवाना समेत हुँदै आएको छ।’

प्रेस काउन्सिल ऐनले समेत यस्ता विषयमा हेर्ने तथा आवश्यक दण्ड सजाय ,जरिवाना गर्ने अधिकार प्रदान गरेको अवस्थामा समाचार लेखेकै आधारमा पत्रकार वा सञ्चारकर्मीमाथि प्रेस काउन्सिलको क्षेत्राधिकार मिच्ने गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गर्नु उचित नभएको महासंघको धारणा रहेको छ।

समाचार लेखेकै विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न निर्देशन दिनु तथा त्यस आधारमा पक्राउ पुर्जी जारी गर्नुले समग्र सञ्चार क्षेत्रमै त्रास सिर्जना भएको महासंघको ठहर छ ।

सार्वजनिक सरोकारका विषयमा समाचार प्रकासन तथा प्रशारण गर्नु पत्रकारको पेशागत धर्म हो । प्रकाशित समाचारको बिषयलाई लिएर प्रहरी प्रशासन वा अदालतमार्फत मुद्दा दर्ता गर्ने तथा पक्राउ पुर्जी जारी गर्ने कार्य संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदम भएको भन्दै महासंघले आपत्ति जनाएको छ । समाचार लेखेको बिषयलाई लिएर विद्युतीय कारोबार ऐनको गलत व्याख्या र प्रयोग हुन लागेकोप्रती पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ ।

पत्रकार धामी माथि समाचार लेखेको विषयलाई लिएर दर्ता गरिएको मुद्दा खारेज गरी सम्बन्धित विषय प्रेस काउन्सिल नेपालमा पठाउन महासंघले कञ्चनपुर प्रहरी प्रशासनसँग माग गरेको छ । पत्रकार महासंघ शाखा कञ्चनपुर प्रेस काउन्सिल नेपाललाई समेत यस बिषयमा गम्भीर बन्न आग्रह गरेको छ ।

बेलडाँडी पोष्ट, पश्चिम समाचारडटकमका पत्रकार धामीले पछिल्ला दिनहरुमा मोफसलमा बसेर सुशासनका मुद्दा उठान गर्दै आएका छन ।

पत्रकार धामीको घर परिवारले पछिल्लो समय असुरक्षित महसुस गरिरहेको जानकारी महासंघलाई दिएकोले पत्रकार धामी र घरपरिवारको सुरक्षाको उचित पबन्ध गरिदिन समेत सम्बन्धित निकायलाई महासंघ अनुरोध गरेको छ ।

पत्रकार महासंघ शाखा कञ्चनपुर सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै आएको अवगत गराउँदै संविधानले सुनिश्चित गरेको यस अधिकारको सम्मान गर्न र संयमित हुन सबै पक्ष र बर्ग सँग आग्रह गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका सचिव कुण्दन पाण्डेयले हस्ताक्षर गरेको विज्ञप्तीमा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई आचारसंहिताको पुर्ण पालना गर्दै सत्यतथ्य, निष्पक्ष, विश्वसनीय, जिम्मेवार र सचेत भई समाचार सम्प्रेषण गर्न समेत महासंघ अनुरोध गरिएको छ । अहिले समाचारप्रति असहमती, लेखेकै आधारमा यसरी एक पत्रकारमाथि जनप्रतिनिधीले मुद्दा मामिला गर्दा भावि दिनमा समेत कुनैपनि पत्रकारले सुशासन सम्बन्धी लेख्ने समाचारमा जनप्रतिनिधीदेखि सरकारी निकायमा रहेका जिम्मेबारी पदाधिकारीबाट मुद्दा मामिला गर्ने श्रृङखलाले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने चौतर्फि चिन्ता व्यक्त गरिएको छ ।

Previous Post

बालेन सरकारप्रति मिश्रित प्रतिक्रिया—आशा, शंका र बहस तीव्र

Next Post

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

Next Post
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.