अछाममा बोलेरो दुर्घटनाः चालकसहित पाँच जना घाइते, एक बेहोस अवस्थामा

सार्थक व्युरो ।अछामको साँफेबगर नगरपालिका क्षेत्रमा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
साँफेबगर नगरपालिका–२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बिहान करिब ६ः५० बजे से १ ज ५४१ नम्बरको बोलेरो अनियन्त्रित भई करिब ६० मिटर तल खसेको हो।
दुर्घटनामा बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ निवासी चालक टेकेन्द्र रावत घाइते भएका छन्। उनको बाँया खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी बुढीगंगा नगरपालिका–५ निवासी करिब ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ भने ५३ वर्षीय नृप खातीको दाहिने हात र बाँया आँखामा चोट पुगेको छ।
बुढीगंगा नगरपालिका–९ की ३४ वर्षीया उज्जला सेरेला पनि दुर्घटनामा घाइते भएकी छन्। उनको बाँया खुट्टामा चोट लागेको छ। साथै ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेको तथा उनी अचेत अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।
घाइते सबैलाई उपचारका लागि बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी नायब निरीक्षक देबेन्द्र कुँवर को नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य गरेको थियो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनाल का अनुसार जिप सडकभन्दा तल खसेकाले राजमार्गमा यातायात सञ्चालन भने प्रभावित भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित