मुख्यमन्त्री शाह र स्विस राजदूतबीच भेट, विकास सहकार्यबारे छलफल

सार्थक व्युरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सँग नेपालका लागि डेनियल मेउली ले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीचको सहकार्य तथा विकास सहयोगका विविध विषयमा छलफल भएको थियो।
भेटमा मुख्यमन्त्री शाहले नेपालमा संघीय शासन प्रणाली सुदृढ बनाउन, रोजगारी प्रवर्द्धन, सीप विकास, सुरक्षित वैदेशिक रोजगार तथा कृषि क्षेत्रको विकासमा स्विस सरकारबाट भइरहेको सहयोगको प्रशंसा गरेका थिए। उनले विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा समेत स्विट्जरल्यान्डले पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे।
राजदूत डेनियलले नेपालको समग्र विकासका लागि स्विट्जरल्यान्डको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै उनले नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजना गरिने कार्यक्रमबारे पनि मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित