पश्चिमी वायुको प्रभाव कायम : तराईमा गर्मी बढ्ने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सार्थक व्युरो । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यही मौसमी प्रणालीका कारण मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षा भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। साथै लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। मौसम प्रणालीको प्रभावका कारण मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई तथा पहाडी भू–भागमा अपराह्नपछि हुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने तथा तातो दिनको अवस्था कायम रहने मौसमविद्को अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित