भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेट

सार्थक व्युरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। बुधबार नयाँ दिल्लीमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
भेटवार्तामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस. जयशंकर तथा विदेश सचिव विक्रम मिस्रीको पनि सहभागिता रहेको थियो।
लामिछानेसँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साझा समृद्धि र भविष्य निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धताको स्वागत गरेका छन्। उनले दुवै पक्षबीच मिलेर अघि बढ्ने सोचप्रति आफू सहमत रहेको उल्लेख गरेका छन्।
मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिको महत्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै दुई देशबीच रहेको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत इच्छुक रहेको बताएका छन्।
उनले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने दिशामा आगामी दिनमा समेत सहकार्य र संवादलाई निरन्तरता दिइने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित