सार्थक व्युरो । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको कार्यावधि थप गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदलको म्याद आगामी असार मसान्तसम्म विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले सरकारी तथा सार्वजनिक जग्गाको छानबिन र संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक निर्देशन दिने निर्णय पनि गरेको छ। यसअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ।
त्यसैगरी मन्त्रिपरिषद्ले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई नियुक्त गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले बताए।


















Discussion about this post