राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान

सार्थक ब्यूरो । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र बिक्री गर्न बोलकबोल आह्वान गरेको छ। बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ (ङ)’ का लागि अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको हो।
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रियामा उसबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र काउण्टरपार्टीका रूपमा सहभागी हुन सक्नेछन्।
बोलकबोल गर्ने संस्थाले आफूले खरिद गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदर पनि उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछिका चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
सूचनाअनुसार ऋणपत्रका लागि न्यूनतम पाँच करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। अधिकतम भने आह्वान गरिएको कुल २५ अर्ब रुपैयाँसम्म आवेदन दिन पाइनेछ, तर रकम पाँच करोड रुपैयाँले पूर्ण रूपमा भाग जाने हुनुपर्ने व्यवस्था गरिएको छ।
सरकारको आन्तरिक ऋण व्यवस्थापन तथा वित्तीय तरलता सन्तुलन गर्ने उद्देश्यले राष्ट्र बैंकले समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित