सार्थक ब्यूरो । कैलाली प्रहरीले १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्ने व्यक्ति बैतडीको सिगास गाउँपालिका–१ का २० वर्षीय राजेश धामी हुन्।
प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले दिएको जानकारीअनुसार असार २४ गते धामीले किशोरीलाई घरबाट अत्तरिया बोलाएर स्थानीय एक होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
सोही उजुरीका आधारमा प्रहरीले सोमबार धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।
हाल उनलाई हिरासतमा राखी घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


















Discussion about this post