सार्थक ब्यूरो । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौँको खुलामञ्चमा सम्पन्न गर्ने तयारी गरेको छ।
महाधिवेशनको तयारीबारे छलफल गर्न चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशनस्थल खुलामञ्च तय गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार केन्द्रीय महाधिवेशनका क्रममा मतदान तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया खुलामञ्चबाटै सञ्चालन गरिनेछ। त्यसका लागि मैदानमा छुट्टाछुट्टै निर्वाचन स्टल निर्माण गर्ने योजना बनाइएको छ।
आयोजक समितिका अनुसार समानान्तर महाधिवेशनअन्तर्गत अहिलेसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। अधिवेशन हुन बाँकी रहेका जिल्लासहित प्रदेश अधिवेशनका कार्यक्रमसमेत निर्धारण गरिएको संयोजक पोखरेलले बैठकमा जानकारी गराएका छन्।
महाधिवेशनका बाँकी तयारी तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ।







Discussion about this post