बैतडीमा चट्याङ लाग्दा चार पशुचौपाया मरे

सार्थक व्युरो ।बैतडीमा चट्याङका कारण चार वटा पशुचौपायाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–१० अन्तर्गत बन्तड क्षेत्रमा हावाहुरी र वर्षासँगै परेको चट्याङले पशुचौपायामा क्षति पुर्‍याएको हो।
स्थानीयका अनुसार गए राति करिब १० बजेतिर धर्मानन्द भट्ट र नारायणदत्त भट्टको घरनजिकै चट्याङ परेको थियो। स्थानीय केशवदत्त भट्टका अनुसार उक्त घटनामा धर्मानन्द भट्टका दुई वटा बाख्रा तथा नारायणदत्त भट्टका एक गाई र एक गोरुको मृत्यु भएको हो।
चट्याङका कारण पशुचौपायामा क्षति पुगेपछि स्थानीयवासी चिन्तित बनेका छन्। घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले थप विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा विगतमा पनि चट्याङका कारण पशुचौपायामा क्षति हुने गरेको छ। यस विषयमा सम्बन्धित निकायले आवश्यक सावधानी र व्यवस्थापनका उपाय अपनाउनुपर्ने स्थानीयले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित