कल्भर्ट सफा नगर्दा माथिबाट बगेको लेदोले बस बग्यो

सार्थक ब्यूरो । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले २८ असारमा चितवनको सिमलतालमा त्रिशूलीमा बस खसेको घटनाको प्रतिवेदन बुझाएको छ । सहसचिव छबि रिजालको नेतृत्वमा गठन भएको छानबिन समितिले सिमलताल दुर्घटनाको मुख्य कारण कल्भर्ट सफा नगर्दा माथिबाट बगेको पहिरोसँगै आएको लेदोले बस बगाएको प्रतिवेदनमा ‌औंल्याएको छ ।

सिमलताल दुर्घटना छानबिन समितिको निष्कर्ष

यो दुर्घटनाको मुख्य कारणका रूपमा मुग्लिन नारायणगढ सडकसँगै माथिल्लो क्षेत्रमा खनिएको ग्रामीण सडकलाई मानिएको छ । भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ तथा डिजाइनबिना सिमलताल–बांगेसाल–डुम्रेगाउँ ग्रामीण सडक खनिएको र त्यसकै गेग्रान ९डेब्रिज० बाढीले बगाएर ल्याएका कारण दुर्घटना भएको समितिले प्रतिवेदनमा औंल्याएको छ ।
ग्रामीण सडकमा टेवा दिने किसिमले कुनै पर्खाल निर्माण नगर्दा वर्षात्को समयमा पहिरो गएको र पहिरोको माटो बाढीले राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ । टेवा पर्खाल नलगाएका कारण ग्रामीण सडक भासिएर लेदोको स्रोत बनेको, सो लेदो बग्दै सिन्दुरे खोल्सा हुँदै मुग्लिन–नारायणगढ सडकमा झरेको देखिएको समितिका संयोजक रिजालले बताए ।
‘सिन्दुरे खोल्सामा केही वर्षपहिला बनाइएको चेक ड्याम तथा ग्याबिन वालले भार थाम्न नसक्दा बाढीसँगै आएको ठूलो परिमाणको लेदो, गेग्रानले सडक क्रस गर्दै गरेका सवारीसाधनलाई धकेलेर त्रिशूलीमा खसालेको देखिन्छ,’ रिजालले भने ।
ग्रामीण सडक खन्दा निस्केको माटो मुख्य राजमार्गभन्दा माथि नै छाडिएकाले बाढीले बगाएर राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ । ‘सडक निर्माण गर्दा कट एन्ड फिल एप्रोचमा कार्य नगरी कंक्रिटबाट मात्र सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो सडकछेउको पाखामा त्यतिकै फ्याँकिएको पाइयो,’ समितिले उल्लेख गरेको छ ।
कार्यदलले दुर्घटनाका अन्य कारणमा, ८ असारमा थुनिएको कल्भर्ट तथा पुरिएको क्याचपिट समयमै सफा नगर्दा माथिबाट झरेको ठूलो परिमाणको गेग्रान एकैपटक मूल सडकमा आई सडक अवरोध हुन पुगेको, सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्था’दयगत सवारी सुरक्षा निकाय तथा चालकले पूर्वानुमान गर्न नसकेको उल्लेख गरेको छ ।
साथै, सडक सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएको यस सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले सुरक्षामा विशेष ध्यान नदिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘दुर्घटनास्थलको माथितिर नजिकै रहेको सिन्दुरे खोल्सीमा कार्यदल पुग्दा पानीको मात्रा केही घटेको थियो, सो खोल्सीको पानी कटाउनका लागि सडकमुनि कल्भर्ट पनि बनाइएको थियो, तर स्थानीयवासीहरूका अनुसार गत ८ असारको भारी वर्षाले माथिबाट ‘डेब्रिज’ बगाएर ल्याउँदा सो कल्भर्ट थुनिएको थियो र दुर्घटना हुने दिनसम्म पनि खोलिएको थिएन,’ प्रतिवेदनमा भनिएको छ, ‘सडकभन्दा केही माथि बनेका ग्याबिन जालीमा पनि डेब्रिज थुनिँदै जाँदा यसको भार ग्याबिन जालीले थाम्न नसकेपछि यसले चेक ड्याम वरिपरि पहिरोको रूप लिएको अनुमान लगाउन सकिन्छ, खोल्साको केही माथि देब्रेतर्फबाट झरेको पहिरो र त्यही पहिरोले ग्याबिनसमेत लछार्दै भत्काएको दृश्य अहिले पनि देख्न सकिन्छ ।’
भरतपुर महानगरपालिकाले विस्तार गरेको सो ग्रामीण सडक वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए०बिना खनिएको समितिले बताएको छ । ‘ग्रामीण सडक खन्दा वातावरणीय पक्षलाई ध्यान दिइएको पाइएन,’ समितिको प्रतिवेदनमा भनिएको छ । यसैमा कमजोर भूगोल अत्यधिक स्लोप हुँदा पनि लेदोसहितको बाढीले बस त्रिशूलीमा खसालेको प्रतिवेदनमा उल्लेख छ ।
सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्था’दयगत सुरक्षा निकाय र बस चालकलाई थाहा नभएको पनि समितिले उल्लेख गरेको छ । यदि, एकीकृत सूचना प्रणाली भए सडकको अवस्था’दयगत सुरक्षा निकाय र चालकलाई हुने र दुर्घटनाको अवस्था नआउने समितिको भनाइ छ । त्यस्तै, जोखिमपूर्ण सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले सुरक्षामा ख्याल नगरेको पाइएको प्रतिवेदनमा उल्लेख ।
दुर्घटनाको प्राविधिक पक्षको विश्लेषण गर्दै कार्यदलले मुग्लिन–नारायणगढ सडकखण्ड ठूलो नदीको किनारमा निर्मित सडक भएकाले नदीको उच्च बहावले सडकलाई तलतिरबाट काट्दै जाँदा यस राजमार्गका धेरै स्थानमा सडक भासिएर पुननिर्माण भएका तथा यसैका कारणबाट पनि थुप्रै दुर्घटना भएका उल्लेख गरेको छ ।
सडकको एलाइनमेन्ट नदीको किनारैकिनार भएर जाने र यस सडकमा पर्ने खोला, खोल्सीको जलबहाव क्षेत्र पनि निकै फराकिलो भएको हुँदा स–साना खोला, खोल्साहरूमा वर्षात्को समयमा सामान्य वर्षा हुँदा पनि सहजै बाढी आउने जोखिम रहेको कार्यदलको विश्लेषण छ ।
बेला–बेला हुने भारी वर्षाले त्यस्ता खोला खोल्साहरूमा माथिबाट आउने बाढी, पहिरो, लेदो, गेग्रान, डेब्रिज पनि ठूलै परिमाणको हुने गर्छ । उचित क्षमताका कल्भर्ट–पुलहरूको निर्माणले मात्र ती खोलानाला खोल्सा आदिको पानी सडकबाट सुरक्षित रूपमा कटाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
२८ असार बिहान वीरगन्जबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस सडकमाथिबाट आएको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए । अझैसम्म पनि ती दुवै बस र ४१ यात्रु बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित