शिक्षालाई किताबी ज्ञानबाट जीवन उपयोगी सीपमा रुपान्तरण नगरेसम्म समृद्धि केवल नारा बन्नेछ

सार्थक डेस्क।शिक्षा भन्नेबित्तिकै आज पनि हामी पाठ्यपुस्तक, परीक्षा र अंकतालिकासम्म सीमित छौँ। जीवनको समस्या समाधान गर्ने सोच, व्यवहारिक सीप, आत्मनिर्भर बन्ने क्षमता, सामाजिक मूल्य र प्रविधिको उपयोगबारेको ज्ञान भने अझै पनि शिक्षा प्रणालीबाट पर पर छ। यसैले आज जीवन उपयोगी शिक्षा नीति को माग बढ्दै गएको छ आजपनि हामी कहाँ गैह्रदझ मानिसहरूकाे जमात छ। कुल्ली दरवान र चाैकिदारी सम्म सिमित छ। काठकेा काम गर्ने कारपेन्टर ,पानीकाे काम गर्ने प्लम्बर, साइकल, माेटरसाइकल मा काम गर्ने मिस्त्री, स्टिलद्वारा बनाइने फर्नीचरमा काम गर्ने मिस्त्री, घर बनाउने मिस्त्री,ईटा पाथने लेवर, राेड बाटा कालाेपत्र गर्ने मिस्त्री,वेल्डींग गर्ने मिस्त्री लगायतका धेरै जसो कामका लागि नेपाल पर निर्भर छ।उपराेक्त धेरै काममा भारतीय नागरिक कार्यरत छन। अहिलेकाे शिक्षाले डिग्री त दिन्छ तर ब्यबहारिक जिवनमा काम लाग्ने खालकाे छैन। डिग्री नभएका तर सिप भएका ब्यक्ति आवश्यक छन। प्राप्त गरेकाे शिक्षा बिक्ने खालकाे हुन जरूरी छ। विशेष गरी ग्रामीण, वञ्चित र सिमान्तकृत क्षेत्रका बालबालिकाहरूको लागि बिद्यालय शिक्षा देखी टेक्निकल शिक्षा आवश्यक छ। बिद्यालय शिक्षामा टेक्निकल शिक्षाअनिवार्य गरिनु आवश्यक छ। ।
जीवन उपयोगी शिक्षा भनेको केवल विद्यालय पास गर्ने हैसियतसम्म सिमित छैन। यसले विद्यार्थीलाई जीवनमा प्रत्यक्ष रूपमा सहयोग गर्ने सीप सिकाउँछ, जस्तै कृषि, साना उद्यम, तालिम, सहजीवन, वित्तीय साक्षरता, श्रम मर्यादा, वातावरण संरक्षण र नागरिक कर्तव्यजस्ता विषय। यस्ता शिक्षाले युवालाई आत्मनिर्भर बनाउँछ, विदेश पलायन घटाउँछ र स्थानीय रोजगारी सिर्जना गर्छ।
हाम्रोआजको शिक्षा प्रणालीको मुख्य चुनौती केछ भने पाठ्यक्रम व्यवहारभन्दा बढी किताबी छ।सिकाउने भन्दा बढि रटाउने।रटाउने शिक्षाले ब्यबहारिक ग्यान शिकाउन सक्दैन।परीक्षा केन्द्रित प्रणालीले सिर्जनात्मक सोच दबाएको छ।विद्यालय शिक्षा रोजगारीसँग जोडिएको छैन।प्राविधिक र व्यावसायिक तालिमको पहुँच सीमित छ।पहुँच भएका ब्यक्तिहरु याे देशमा बस्न चाहदैनन। आफुलाई बिदेसमा सुरझित देखि रहेका छन। परिणामस्वरूप देशको दझ जनसक्ती बिदेशीएकाे छ।त्यस कारण माध्यमिक विद्यालय शिक्षामा टेक्निकल बिषय अनिवार्य गरिनु जरुरी छ। विद्यार्थीको इच्छा र रुची अनुसार इलेक्ट्रीसियन, प्लम्बर,कारपेन्टर, सिकर्मी, डकर्मी, स्वास्थ्य झेत्रका बिषय, वर्कशपका बिषय पाठ्यक्रममा समावेस गरिनु जरुरी छ।जसले शिक्षा बिक्ने खालकाे बनाउने छ।
सुदूरपश्चिम, कर्णाली, मधेशजस्ता प्रदेशहरूमा हजारौँ युवा एसएलसी/SEE पास गरेपछि पनि बेरोजगार छन्, किनकि उनीहरूसँग जीवन सञ्चालन गर्न आवश्यक व्यवहारिक ज्ञान र सीप छैन।
अबको आवश्यकता र आजकाे शिक्षामा नीति, अभ्यास र लगानी, विद्यालय तहमै प्राविधिक, कृषि, सीपमूलक पाठ्यक्रमको एकीकरण,एक विद्यालय, एक व्यावसायिक कार्यक्रम अभियान, प्रदेश र स्थानीय सरकारको सहकार्यमा लघु उद्यम शिक्षाको थालनी, शिक्षकहरूलाई व्यवहारिक तालिम र समयसापेक्ष शैक्षिक सामग्रीको विकास, जनशक्ति उत्पादन र उद्योगको मागबीचको समन्वय बाट राेजगारी संग जाेडन सकिन्छ।
सुदूरपश्चिमजस्तो प्रदेशमा विद्यार्थीको इच्छा र रुची अनुसार इलेक्ट्रीसियन, प्लम्बर,कारपेन्टर, सिकर्मी, डकर्मी, स्वास्थ्य झेत्रका बिषय, वर्कशपका बिषय पाठ्यक्रममा समावेस गरिनु जरुरी छ।जसले शिक्षा बिक्ने खालकाे बनाउने छ।यसका अतिरिक्त जडीबुटी, पशुपालन, हस्तकला, घरेलु पर्यटन, साना जलविद्युत् परियोजनाजस्ता क्षेत्रमा प्राविधिक सीप आवश्यक छ। विद्यालयमा यस्ता स्थानीय बिषय पाठ्यक्रममा समावेस गरिनु अत्यावश्यक भइसकेको छ।
आजकाे शिक्षा डिग्री दिन्छ तर राेजगारी संग जोडिएको छैन। अव्यावहारिक शिक्षा छ। शिक्षा केवल जागिर पाउने माध्यम होइन। यसले सोच्ने, सिर्जना गर्ने र समाधान खोज्ने क्षमताको विकास गर्नुपर्छ। र यिनै क्षमताहरू नै समृद्धिको जग हुने भएकोलअब हामीले अंकमूलक शिक्षा बाट अर्थपूर्ण शिक्षा तर्फ मोडिनुपर्छ। हाम्रा बालबालिका र युवा पुस्तालाई जीवन उपयोगी शिक्षा दिएर आत्मनिर्भर बनाउने खालका नीति, कार्यक्रम र लगानीमा प्रदेश सरकार र स्थानीय सरकार अग्रसर भएर लाग्नुपर्ने हुन्छ। जीवन उपयोगी शिक्षा नै समावेशी समृद्धिको सुनिश्चित बाटो हो।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित